“ब्यस्त समयका बीच पनि तपाईं हामीसंग खाली समय हुने गर्दछ जुन खाली समय बीच तपाइ हामीले आफुलाइ Develop गर्न के के गर्यो भन्ने प्रश्न आउने गर्छ ?”
सन्तोष लामा
कुनै न कुनै ब्यक्ति जिबनमा सफल व जीवनकालमा तरक्की गर्न चाहन्छ्न । अरुभन्दा आफुलाइ अगाडी बढाउन चाहन्छ्न । यसै दौरानमा ब्यक्ति आफुलाइ विभिन्न कार्यमा आफुलाइ ब्यस्ततामा राखिरहन्छन। यसका बाबजुद पनि आफ्नो क्षेत्रमा सोचे अनुरुपको सफलता पाउन सकिरहेको हुदैन । ब्यस्त समयका बीच पनि तपाईं हामीसंग खाली समय हुने गर्दछ जुन खाली समय बीच तपाइ हामीले आफुलाइ Develop गर्न के के गर्यो भन्ने प्रश्न आउने गर्छ ? कुनै मानिसको सफलतामा उनको अनुशासनको प्रमुख भुमिका रहने गर्दछ अर्थात आफुलाइ बिकास गर्ने कार्यमा कत्तिको अनुशाशीत भएर लागेको छ भन्ने कुराको मुल्यांकन हुने गर्दछ। यदि तपाईं आफनो क्षेत्र वा जिबनमा अरु भन्दा सधै अगाडि बढ्ने हो भने यस च्याप्टरमा यस्ता ३ शसक्त फर्मुलाको बारेमा बताउने छु जसको मद्दतले तपाईंले आफ्नो ब्यक्तिगत तथा व्यावसायिक जिबनमा सफलता प्राप्त गर्न सक्नुहुन्छ । आउनुहोस यसैको बारेमा चर्चा गरौ ।
Focus on your Personal Development
दैनिक ब्यस्तता बाबजुद पनि तपाईं हामी सङग खाली समय बच्ने गर्दछ । यो समयमा तपाईं हामिले कसरि बिताउछौ, यो कुरामा निर्भर हुने गर्दछ कि तपाईं सफलता । कोहि ब्यक्तिहरु खाली समयमा सोसल मिडिया फेसबुक, युट्युब अनि पबजि लागाएत अन्यमा समय बिताइरहेका छौ । अन्य कुरामा धेरै फोकस भैरहेका हुन्छौ भने आफ्नो ब्यक्तिगत बिकास गर्नमा भने अधिकासको फोकस हुदैन । यस्तो समयमा आफ्नो Self Improvement को लागि निबेस गरौ, जस्तो किताब पढ्ने कुनै Value ad गर्ने कुराहरु सिक्ने । एउटा रिसर्चले त के पनि बताएका छ्न भने तपाईंले सेल्फ इम्प्रुभमेन्ट गरेको १% लगानिले तपाईलाई R O I ( Return of investment) २००% फाइदा दिलाउछ । त्यसैले खाली समयमा निबेस गरौ जस्तो आफ्नो Communication, Public Speaking र Negotiation Skill Develop गर्नमा समय निवेश गर्नुहोस ।
Improve Your English Langauge Speaking
अहिलेको प्रतिस्पर्धि समयमा तपाइको अन्य स्किलका साथै अङ्ग्रेजी भाषा को पनि त्यत्तिकै महत्व छ। किनकी यो भाषा अन्तरास्ट्रिय भाषा भएकोले तपाइले यो भाषा जान्न निकै आबस्यक छ । आजको प्रतिस्पर्धात्मक बजारमा तपाईंलाई यो स्किलले निकै सहयोग र अगाडि बढ्न ठूलो मद्धत पुग्छ । तपाइलाइ कुनै कुरा सिक्न र जान्नको लागि आब्स्यक कुराहरु पनि कतिपय अङ्ग्रेजीमा उपलब्ध हुने भएकाले यो भाषा जान्न त झनै आबस्यक छ । त्यसको लागि तपाईंले आफ्नो उक्त समय यो अङ्ग्रेजी भाषा सिक्नमा लगाउनुहोस । आजको समय भनेको ईन्टरनेटको समय हो तपाईंले ईन्टरनेट मार्फत युट्युब र गुगलमा तपाइले यस्ता अङ्ग्रेजी भाषा सिकाउने कोर्सहरु फ्री मा पनि पाउन सक्नु हुन्छ, अथवा यस्तो कोर्सको क्लास नै ज्वाइन भएर पनि यो स्किल डेभलप गर्न सक्नु हुन्छ ।
Do what yo don’t like to get what you want
जीवनकालमा तपाइँले राम्रो लागेको कुराहरु मात्र गर्नाले जिबनमा तपाइले सफलता पाउन सक्नु हुन्न । तपाइलाइ पढ्न मन नलाग्ला वा कुनै काम गर्न मन नलाग्ला ? के यो चिजले तपाइलाइ सफलता दिलाउला ? माथी भनिएका २ कुराहरु पनि तपाइलाइ गर्न मन नलाग्ला ! तर तपाइलाइ जुन चिज गर्न मन लाग्दैन त्यही चिज गर्नुहोस जस्तो दैनिक केही घण्टा पढ्नुहोस केही नया कुराहरु सिक्नुहोस जसले तपाइलाइ मन लागेको र मन परेको चिज पाउन सक्षम बनाउने छ । जस्तो उदाहरण कुनै एक खेलाडीलाई बिहानै उठेर आफ्नो वर्कवाउट गर्न मन लागेको होला ? कुनै सफल कलाकारले सधै आफ्नो वर्कवाउट गर्न लागेको होला ? पक्कै पनि उनिहरुलाइ पनि मन लागेको थिएन तर उनिइहरुले मन लागेका र मन परेका चिज हरु पाएका छ्न जस्तै पैसा, सम्मान इत्यादि स्मरण रहोस बलिउड्का प्रख्यात कलाकारहरु मध्य अक्षय कुमार दैनिक ४ बजे उठेर आफ्नो वर्कवाउट गर्छन् के उनलाइ यो गर्न मन लागेको थिए होला ? अह पक्कै पनि थिएन तर उनिहरुलाइ यो रहस्य थाहा थियो कि जिबनमा उच्चतम सफलता पाउन मन लागेको कुराहरु गरेर हैन त्यस्ता चिजलाइ जितेर गरेको कामले सफल तुल्याउछ । अब भने तपाइले पनि यो रहस्य थाहा पाइहाल्नु भयो अब शुरु गर्ने कि ?