फिक्सन र नन–फिक्सन दुवैमा उत्तिकै रुचि राख्ने बिल गेट्स प्रशस्त उपन्यास पढ्छन् । नन–फिक्सनमा भने प्रशासनिक सुधार, अन्तर्राष्ट्रिय विकास र सामाजिक परिवर्तनसम्बन्धी पुस्तक ज्यादा पढ्छन् ।
पढाइमा गेट्सका चार सिद्धान्त
पढाइबाट उच्चतम लाभ उठाउन उनी पढ्ने वेला आफ्नै चार सिद्धान्त फलो गर्छन् ।
१. किनारामा नोट बनाउने
पढ्दै गर्दा किताबको दायाँ, बायाँ किनारामा नोट गर्ने उनको बानी छ । उनी भन्छन्, ‘जब तपाईं पढ्दै हुनुहुन्छ, होस राख्नुस् कि तपाईं साँच्चै त्यसमा ध्यान दिइरहनुभएको छ ।’ नोट गर्दै पढ्दा ध्यान पढाइमा केन्द्रित हुनाका साथै लेखकको पर्सपेक्टिभ बुझ्न र विषयवस्तुको गहिराइमा पुग्न सकिने उनको बुझाइ छ ।
२. थालेपछि सिध्याएरै छाड्ने
गेट्स सकेसम्म त्यस्ता किताब पढ्न सुरु नै गर्दैनन्, जुन पढ्दा–पढ्दै बीचमै छाड्नुपरोस् । पढ्न सुरु गरेपछि भने उनी पूरै किताब पढ्छन् । यसले उनलाई लेखकले दिन खोजेको भिजन स्पष्टसँग बुझ्न र कुनै पनि ‘की पोइन्ट’ नछुटाउन मद्दत पुग्छ ।
३. डिजिटलभन्दा प्रिन्टलाई प्राथमिकता
उनी पढाइको पुरानो तरिका मन पराउँछन्, किनकि उनी पढ्ने वेला थुप्रै नोट बनाउँछन् । छुट्टी मनाउन बाहिर जाँदा उनी झोलाभरि किताब बोकेर जान्छन् र राति अबेरसम्म पढ्छन् । समय डिजिटलको भए पनि डिजिटलभन्दा प्रिन्टेड बुक्स तथा म्यागजिन पढ्न बानी परेकाले त्यसैमा रमाइलो लाग्ने उनी बताउँछन् ।
४. कम्तीमा एक घन्टा पढाइ
गेट्स भन्छन्, ‘हरेक दिन कम्तीमा एक घण्टा गम्भीर भएर पढ्नुहोस् ।’ पढेर वास्तवमा के पढ्दै छु भन्ने सोच्न, सम्झन कम्तीमा एक घन्टा लाग्ने उनको बुझाइ छ । उनी भन्छन्, ‘अन्यथा, तपाईंको समय शब्द उच्चारण गर्नमा मात्र खर्च भइरहेको हुन सक्छ ।’
नोट्: अनलाईन न्युज बाट साभर गरिएको !
Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.